• Sunday 4th of October 2026

सांसद खातुनको निधन


  • धनकुटा खबर
  • .

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ।

फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

परिवारका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।

खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन्।

उनको निधनको खबरपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्। स्थानीयवासीले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖