काठमाडौँ । सरकारले एक सचिवको सरुवा र एक सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए।
त्यस्तै, बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
