• Sunday 4th of October 2026

शेरबहादुरलाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सार्वजनिक अपिलसमेत गरे।

‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ। मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले भने।

उनले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको भन्दै तोकिएको समयमै महाधिवेशन सम्पन्न हुने बताए।

कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुनेछ। त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।

थापाले पार्टीभित्रको एकताका लागि पूर्वसभापति देउवासँग मिलेर अधिवेशन गर्न कुनै समस्या नरहेको बताए।

‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन। पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖