• Sunday 4th of October 2026

कांग्रेस नेता चौलागाईं पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरिएको हो ।

कांग्रेस संस्थापन पक्षका चौलागाईं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी १५औँ महाधिवेशनको तयारी बैठकका लागि मन्थली पुगेका बेला पक्राउ परेका हुन् ।

उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर रकम असुल गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

चौलागाईंले रकम असुलीका लागि गरेको डिलसम्बन्धी अडियो सीआईबीले फेला पारेको चतुर्वेदीले बताए । उनका अनुसार केही प्रमाण फेला परेकाले थप प्रमाणीकरणका लागि चौलागाईंलाई नियन्त्रणमा लिइएको हो ।

चौलागाईंलाई काठमाडौँ ल्याएर थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖