• Sunday 4th of October 2026

अपर त्रिशूली–१ को सुरुङमा पाँच जनाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र पाँच जनाको शव फेला परेको छ ।

उद्धारमा खटिएको टोलीले सुरुङभित्र जालीमा अड्किएको अवस्थामा शवहरू देखेको हो । रसुवाका डीएसपी अशोक थापाका अनुसार सुरुङभित्र जालीका कारण शव निकाल्न कठिनाइ भइरहेको छ ।

प्रहरी टोलीसमेत घटनास्थलमा पुगिसकेको र जाली काटेर शव निकाल्ने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए ।

यसअघि सोही आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो । उद्धारकर्मीले भदौ २० गते सुरुङको करिब २२५ मिटरभित्रबाट चिनियाँ नागरिक लुआइतोको उद्धार गरेका थिए ।

आयोजनामा अझै ३३२ जना सम्पर्कविहीन रहेको बताइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोलीले निरन्तर काम गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖