काठमाडौँ । प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यालयमा छापा मारेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले अनियमितताको आशङ्कामा एन्फा मुख्यालय कार्यालयमा शुक्रबार छापा मारेर केही कागजात नियन्त्रणमा लिएको बताए ।
सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने केही कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
