• Sunday 4th of October 2026

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो


  • धनकुटा खबर
  • .

रसुवा। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको हो।

बाढीका कारण आयोजनास्थलबाट ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖