• Sunday 4th of October 2026

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ अर्थात् कात्तिक १० गतेदेखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल नोभेम्बर २१ अर्थात् कात्तिक २५ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल कात्तिक १० गते सोमबार दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

एनपीएलको पूर्ण खेल तालिका
कात्तिक १० (अक्टोबर २६), सोमबार
लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो ४ः ३० बजे

कात्तिक ११ (अक्टोबर २७), मंगलबार
विराटनगर किङ्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः ३० बजे
कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो ४ः ३० बजे

कात्तिक १२ (अक्टोबर २८), बुधबार
पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो ४ः ३० बजे

कात्तिक १३ (अक्टोबर २९), बिहीबार
जनकपुर बोल्ट्स विरुद्ध काठमाडौँ गुर्खाज — दिउँसो १२ः ३० बजे
कर्णाली याक्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः ३० बजे

कात्तिक १४ (अक्टोबर ३०), शुक्रबार– विश्राम
कात्तिक १५ (अक्टोबर ३१), शनिबार
लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः ३० बजे
सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः ३० बजे
कात्तिक १६ (नोभेम्बर १), आइतबार
जनकपुर बोल्ट्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः ३० बजे

कात्तिक १७ (नोभेम्बर २), सोमबार
काठमाडौँ गुर्खाज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः ३० बजे
सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः ३० बजे

कात्तिक १८ (नोभेम्बर ३), मंगलबार
विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः ३० बजे
लुम्बिनी लायन्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः ३० बजे

कात्तिक १९ (नोभेम्बर ४), बुधबार– विश्राम

कात्तिक २० (नोभेम्बर ५), बिहीबार
लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः ३० बजे
काठमाडौँ गुर्खाज विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः ३० बजे

कात्तिक २१ (नोभेम्बर ६), शुक्रबार
सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः ३० बजे
चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः ३० बजे

कात्तिक २२ (नोभेम्बर ७), शनिबार
काठमाडौँ गुर्खाज विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः ३० बजे
कात्तिक २३ (नोभेम्बर ८), आइतबार– विश्राम

कात्तिक २४ (नोभेम्बर ९), सोमबार
पोखरा एभेन्जर्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः ३० बजे
चितवन राइनोज विरुद्ध काठमाडौँ गुर्खाज — दिउँसो ४ः३० बजे

कात्तिक २५ (नोभेम्बर १०), मंगलबार
सुदूरपश्चिम रोयल्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो ४ः ३० बजे
कात्तिक २६ (नोभेम्बर ११), बुधबार– विश्राम

कात्तिक २७ (नोभेम्बर १२), बिहीबार
विराटनगर किङ्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो १२ः ३० बजे
कर्णाली याक्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः ३० बजे
कात्तिक २८ (नोभेम्बर १३), शुक्रबार

काठमाडौँ गुर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो १२ः ३० बजे
जनकपुर बोल्ट्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः ३० बजे

कात्तिक २९ (नोभेम्बर १४), शनिबार
विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः ३० बजे

कात्तिक ३० (नोभेम्बर १५), आइतबार
चितवन राइनोज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः ३० बजे
पोखरा एभेन्जर्स विरुद्ध काठमाडौँ गुर्खाज — दिउँसो ४ः ३० बजे

प्लेअफको खेल तालिका

क्वालिफायर–१ — नोभेम्बर १७, मंगलबार
लिग चरणको पहिलो स्थानमा रहने टोली र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

एलिमिनेटर — नोभेम्बर १८, बुधबार
लिग चरणको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुनेछ ।

क्वालिफायर–२ — नोभेम्बर १९, बिहीबार
क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल — नोभेम्बर २१, शनिबार
क्वालिफायर–१ को विजेता र क्वालिफायर–२ को विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖