काठमाडौं । नेकपा एमालेको आइतबार दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालय पुगे पनि बैठक बस्न नसकेपछि करिब आधा घण्टापछि बाहिरिएका छन्।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार सचिवालय बैठक अब दिउँसो ३ बजे बस्नेछ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गरिएको उनले बताए।
कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा जारी छ।
