काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन्।
आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलको प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने विषय नराख्ने सहमति भएको बताए।
उनका अनुसार अध्यक्षको राजीनामा माग नगर्ने, अध्यक्षलाई हटाउने विषय नउठाउने र अध्यक्षको आलोचना नगर्ने सहमति भएको छ।
बस्नेतले पार्टीको एकता सुदृढ गर्दै अघि बढ्ने र वर्तमान सरकारको कार्यशैलीविरुद्ध सशक्त आन्दोलन गर्ने विषयमा समेत छलफल भएको बताए।
त्यसका लागि राष्ट्रिय परिषद्को बैठक बोलाउने सहमति भएको उनको भनाइ छ।
