• Sunday 4th of October 2026

आज कतार एयरवेजमार्फत अमेरिका जाँदै प्रधानमन्त्री शाह : टोलीमा कुमार बेनसहित को-को छन् ?


  • धनकुटा खबर
  • .

काठमाडौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।

उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहितको सहभागिता रहनेछ।

खनाल आइतबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोलीको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका थिए। उनी अहिले विभिन्न कूटनीतिक भेटघाटमा व्यस्त छन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖