• Sunday 4th of October 2026

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी


  • धनकुटा खबर
  • .

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्।

न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहका क्रममा राष्ट्रपति ट्रम्पले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

परराष्ट्रमन्त्री खनाल पनि नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका हुन्।

मन्त्री खनालले महासभाको साइडलाइनमा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका पछिल्ला बाढी–पहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा छलफल गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖