• Sunday 4th of October 2026

नोभेम्बरमा बालेन भारत जाने !


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नोभेम्बर महिनामा भारत भ्रमणमा जाने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२३ देखि २५ नोभेम्बरका बिच बालेनको भ्रमण हुने गरी तयारी चलिरहेको समाचार भारतीय न्यूज च्यानल ‘आजतक’ले अनलाइन संस्करणमा प्रकाशन गरेको छ ।

बालेनको पहिलो विदेश भ्रमण अमेरिका भए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण भारत नै हुने समाचारमा उल्लेख छ । हाल बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका भ्रमणमा छन् ।

अमेरिकाबाट फर्किएपछि हुने बालेनको भारत भ्रमणका क्रममा दुई देशबिच कनेक्टिभिटी, ऊर्जा, व्यापार, पूर्वाधार तथा बाढीपछिको पुनर्निर्माण लगायतका मुद्दामा छलफल हुने सम्भावना रहेको जनाइएको छ ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौँ ब्रोडगेज रेल लिङ्क, जनकपुर–अयोध्या यात्री रेल सेवा आरम्भ जस्ता विषय अघि बढ्न सक्ने पनि समाचारमा उल्लेख छ ।

‘आजतक’ले समाचारमा भ्रमणको मिति औपचारिक रूपमा टुङ्गो लाग्न भने बाँकी रहेको जनाएको छ । भ्रमण बारेमा नेपाली पक्षले भने औपचारिक रुपमा केही बताइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖