• Sunday 4th of October 2026

आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण


  • धनकुटा खबर
  • .

पोखरा । फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको छ।

फ्लाइ दुबईको जहाज आज दुबईबाट ११३ जना यात्रु बोकेर पोखरा विमानस्थलमा अवतरण गरेको हो। पोखराबाट फर्किँदा उक्त जहाजले १५३ जना यात्रु लिएर दुबई जानेछ।

जहाज पोखरा विमानस्थलमा अवतरण गरेपछि विमानस्थलमा पानीका फोहोराले स्वागत गरिएको थियो। साथै पोखरेलीहरूले विमानबाट आएका यात्रुहरूलाई समेत स्वागत गरेका थिए।

यात्रुका आफन्त तथा शुभेच्छुकहरू पनि स्वागतका लागि विमानस्थल पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖