• Sunday 4th of October 2026

भरत दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।

दाहालको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको हो ।

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरत दाहालसर्वोच्च अदालतबन्दी प्रत्यक्षीकरण

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖