• Sunday 4th of October 2026

‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन


  • धनकुटा खबर
  • .

न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई लिएर विशेष सामग्री प्रकाशित गरेको छ ।

सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको सामग्रीमा न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि बालेनले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरेको छ ।

उक्त समाचारले र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौँका मेयर र अहिले प्रधानमन्त्री हुँदासम्म कालो चस्मा उनको सार्वजनिक पहिरनको हिस्सा बन्दै आएको चर्चा गरेको छ ।

न्युयोर्क टाइम्सले बालेनको चस्मा उनको सार्वजनिक छविको एक महत्त्वपूर्ण पहिचान बनेको र नेपालमा उनको शैली पछ्याउँदै त्यस्तै चस्मा बिक्री हुन थालेको समेत उल्लेख गरेको छ ।

सामग्रीमा चिकित्सकको सल्लाहअनुसार कडा उज्यालोबाट आँखाको सुरक्षाका लागि प्रधानमन्त्रीले चस्मा लगाउने गरेको उनको कार्यालयको भनाइ पनि समेटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖