• Sunday 4th of October 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २ दिन सारियो, १८ गते उद्‍घाटन हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन दुई दिन पर सारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर २ दिन पर सारिएको जानकारी दिएका छन् ।

यसअघि असोज १६ गतेबाट सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने भएको छ ।

मुख्य सचिव दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘१५ औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ।’

विज्ञप्तिमा देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिहरूबाट प्राप्त भएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖