• Sunday 4th of October 2026

दसैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाढीपहिरोका कारण मुख्य राजमार्गहरू क्षतिग्रस्त भएकाले दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै समय लाग्ने भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक सुरक्षित नभएसम्म टिकट बुकिङ नखोलिने बताए।

उनका अनुसार यसपटक १०–१५ दिन अगावै एकैपटक टिकट खोल्नुको सट्टा सडकको अवस्था हेरेर २–३ दिनको मात्र अग्रिम टिकट दिने विषयमा छलफल भइरहेको छ।

यातायात व्यवस्था विभागसँगको बैठकपछि टिकट बुकिङबारे अन्तिम निर्णय हुने उनले बताए।

सिटौलाले अत्यावश्यक कामबाहेक जोखिम मोलेर यात्रा नगर्न यात्रुलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖