• Sunday 4th of October 2026

कांग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गर्ने खड्का महाधिवेशन प्रतिनिधिमा पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का काठमाडौँ–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग पराजित भएका हुन् ।

१३२ मतसहित पुडासैनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा खड्काले १०१ मत मात्रै ल्याउन सके । एक जनाको कोटामा ५ जनाबिच भएको प्रतिस्पर्धामा खड्का दोस्रो मत ल्याएका हुन् ।

८८ वर्षीय खड्काले ज्येष्ठ सदस्यको हैसियतमा विशेष महाधिवेशनको अध्यक्षता गरेका थिए । काठमाडौँ–५ बाटै कांग्रेस केन्द्रीय सदस्य गङ्गा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖