• Sunday 4th of October 2026

परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाउने पाठक महाधिवेशन प्रतिनिधिमा पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ प्रतिस्पर्धा गरेका पाठक पराजित भएका हुन्।

पाठकले ३९८ मत मात्रै प्राप्त गरे। खुल्लातर्फ दसौँ नम्बरमा निर्वाचित हुने ले ४०८ मत प्राप्त गरेका थिए।

केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका वडा नम्बर ९ बाट आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए। त्यो विषय आलोचित समेत बनेको थियो। त्यसैको प्रभाव स्वरूप उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएको प्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖