काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ४६ पृष्ठ लामो प्रतिवेदन यसअघि नै पारित भइसकेको छ।
प्रतिवेदनमा थापाले आफ्नो चार वर्षे नेतृत्वको समीक्षा गर्दै आगामी कार्यदिशासहित नयाँ नेतृत्वले पूरा गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन्।
उनले आगामी दशकका लागि तय गरिने राष्ट्रिय आकांक्षालाई आगामी चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने आधारका रूपमा राजनीतिक प्रतिवेदन तयार गरिएको बताएका छन्।
प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकांक्षाबीचको सेतुका रूपमा प्रस्तुत गरिएको छ।
थापाले राष्ट्रिय पुनर्जागरण भन्नाले पार्टी, राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्नुका साथै लोकतान्त्रिक सामर्थ्यलाई थप सुदृढ बनाउनु रहेको उल्लेख गरेका छन्।
Rastriya_Punarjagaran_Samunnati_NC-1“>हेर्नुहाेस् पूर्णपाठ :
