• Saturday 28th of November 2026

संवेदनशील सुरक्षा सूचना चुहावटको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित


  • धनकुटा खबर
  • .

काठमाडौं । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गर्दै घटनाबारे छानबिन गर्न जाँचबुझ अधिकृत तोकेको हो।

मन्त्रालयले तोकेको जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले निजामती तथा सुरक्षा निकायका सबै कर्मचारीले कानुनबमोजिम पदीय आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने दायित्व रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖