• Tuesday 6th of October 2026

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रत्नपार्क–भक्तपुर करिडोरमा करिब १६.५ किलोमिटर लामो मेट्रो रेल वा लाइट रेल ट्रान्जिट निर्माण गर्ने योजना अघि सारेको छ।

जाइका सहयोगमा तयार गरिएको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ ले सन् २०४० सम्म मेट्रो सञ्चालनमा ल्याउने लक्ष्य राखेको हो।

योजनाअनुसार रत्नपार्क र कोटेश्वर क्षेत्रमा मेट्रो भूमिगत तथा अरनिको राजमार्ग हुँदै भक्तपुरसम्मको अधिकांश खण्ड एलिभेटेड हुने प्रस्ताव छ।

सन् २०३२ सम्म सम्भाव्यता अध्ययन, डीपीआर, वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन, लगानी सुनिश्चितता र ठेक्का प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ। सरकारले गुरुयोजनाको मस्यौदा सार्वजनिक गर्दै ३० दिनभित्र राय–सुझाव मागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖