• Tuesday 6th of October 2026

कांग्रेस सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ।

असोज २२ गते हुने निर्वाचनका लागि मुख्य पद सभापतिमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार मंगलबार साँझ साढे सात बजेसम्म सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको मनोनयन दर्ता भएको छ।

मनोनयन दर्ता गर्नेमा सबैभन्दा पहिले युवा नेता श्यामकृष्ण खड्गी रहेका थिए। त्यसपछि साँझ साढे छ बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर गगन थापाले र त्यसपछि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले मनोनयन दर्ता गराएका हुन्।

थापा यसअघि गत पुसमा आयोजित विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए भने १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ महामन्त्री बनेका थिए। उता बर्दियाबाट महाधिवेशन प्रतिनिधि चुनिएका राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री बनेका थिए र उनी पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

पदाधिकारीहरूमा परेको उम्मेदवारीको विवरण:
सभापति (३ जना): गगनकुमार थापा, किशोरसिंह राठौर, श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति (१ जना): विश्वप्रकाश शर्मा

महिला उपसभापति (१ जना): पुष्पा भुसाल

खुल्ला उपसभापति (९ जना): डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव

समावेशी उपसभापति (५ जना): जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण

खुल्ला महामन्त्री (८ जना): प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशम्शेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय

महिला महामन्त्री (३ जना): डा. डिला सङ्ग्रौला, डिना उपाध्याय र रिता खनाल

वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एक-एक जनाको मात्रै उम्मेदवारी परेकाले सो पदहरूमा निर्विरोध हुने सम्भावना बढेको छ। उम्मेदवारी मनोनयन दर्तासँगै कांग्रेसको नेतृत्व चयनका लागि चुनावी सरगर्मी र प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖