• Wednesday 7th of October 2026

बिदाइ खेलमा पनि चम्किए मेस्सी: १ गोल र २ असिस्टसहित अन्तर्राष्ट्रिय करियरको सुखद अन्त्य


  • धनकुटा खबर
  • .

काठमाडाैं, २१ असाेज  । ब्युनोस आयर्सस्थित ‘एस्ताडियो मोनुमेन्टल’ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गरेको छ। यो खेल अर्जेन्टिनाका लागि लियोनेल मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो।

:

खेलकाे १०औँ मिनेटमा मेस्सीका लागि विशेष सम्मान गरिएकाे थियाे । मेस्सीको प्रतिष्ठित १० नम्बर जर्सीको सम्मानमा दर्शक तथा खेलाडीहरूले उभिएर ताली बजाउँदै अभिवादन प्रकट गर्न खेललाई १० औँ मिनेटमा केहीबेर रोकिएको थियो। उनकाे याे भब्य बिदाइ समाराेह हुदाँ पुरै स्टेडियम तालीले गुञ्जिएकाे थियाे र हजाराैं प्रशंशकले उनकाे सम्मान गरेका थिए । 

 

खेल सुरू भएकाे ४८औँ मिनेटमा निकोलस ओटामेन्डी (१–०): लियोनेल मेस्सीको कर्नर किकलाई सदुपयोग गर्दै ओटामेन्डीले गोलको खाता खोलेका थिए भने दाेस्राे हाफकै ६१औँ मिनेटमा निको पाजले खेललाइ २-० मा लगे ।दोस्रो हाफमा मैदान प्रवेश गरेका निको पाजले मेस्सीको पास (असिस्ट) मा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए भने ७१औँ मिनेटमा  लियोनेल मेस्सीले अन्तराष्ट्रिय खेलकाे अन्तिम गाेल गरेर बिदा भएका थिए ।

 

उनले  पेनाल्टी बक्सभित्र अगस्टिन गियामाथि फाउल भएपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले आफ्नो बिदाइ खेललाई यादगार बनाए। यससँगै अर्जेन्टिनाका लागि उनको कुल गोल संख्या १२६ पुगेको छ।

 

मेस्सीले पूरै ९० मिनेट खेल्दै आफ्नो अन्तिम खेलमा १ गोल र २ असिस्टसहित ऐतिहासिक अन्तर्राष्ट्रिय करियरको सुखद अन्त्य गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖