• Wednesday 7th of October 2026

पूर्वप्रधानन्यायाधीश राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

राणाको बाँसबारीस्थित घरमा प्रधानमन्त्री कार्यालय नेतृत्वको सम्पत्ति शुध्दीकरण विभागका प्रहरी र कर्मचारीले अवैध र अकूत सम्पत्ति थुपारिएको आशंकामा छापा मारेको हो ।

यस्तै, विभागको टोलीले राणाका आफन्तको घरमा समेत छापा मारेको बताइन्छ । असोज १० गते मध्यरात निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले राणालाई पक्रेर भोलिपल्ट दिउँसो छाडेको थियो ।

राणालाई भेटेकै आधारमा सरकारले सशस्त्रका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । चोलेन्द्रसँग निकटकताकै आधारमा सरकारले विचौलिया दीपक भट्टलाई काठमाडौंबाट सिन्धुपाल्चोक कारागार सरुवा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖