काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा नेता निधीले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरे ।
उनले भने, ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्यो, उसैले पार्टी फुटायो । अब कानूनी रूपमा बाँकी छ । तर व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसक्यो । पार्टी फुटाउने तिनीहरू नै हुन्, जसले विशेष महाधिवेशन गरे। यसमा हामीलाई कुनै भ्रम छैन ।’
उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको दाबी गरे ।
सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने बताए। उनले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएकोसमेत बताए ।
