• Thursday 8th of October 2026

त्रिवि सभामा सहभागी हुन गएका मन्त्री पोखरेललाई देखाइयो कालो ब्यानर


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्।

बिहीबार त्रिवि सभामा सहभागी हुन जाने क्रममा विद्यार्थीहरूले मन्त्री पोखरेललाई कालो ब्यानर देखाएका हुन्।

विद्यार्थीहरूसँग संवाद नगरी त्रिवि ऐन परिमार्जन गर्न लागिएको र विद्यार्थीका मागलाई बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

नेविसंघका नेता सनम वलीले सिनेट बैठकमा कुलपति नै उपस्थित नहुँदा सिनेटको मर्यादा घटेको बताए। त्रिविको कुलपति प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖