• Thursday 8th of October 2026

कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।

कांग्रेसको निर्वाचन समितिले केहीबेरमा पत्रकार सम्मेलनमार्फत निर्वाचनको प्रक्रियाबारे जानकारी गराउने भएको छ । कांग्रेसमा धेरै क्लस्टर हुँदा मतपत्र छपाइको काममा विलम्ब भएकाले पटक पटक मतदानको समय सारिँदै आएको छ ।

यसअघि बिहीबार बिहान १० बजे, त्यसपछि १ बजे, त्यसपछि साढे २ बजेदेखि मतदान सुरु हुने भनिएको थियो । तर मतपत्र समयमै नछापिँदा आज मतदान नहुने भएको छ । कांग्रेसमा आजै राति मतदान गर्ने कुरा उठे पनि धेरै महाधिवेशन ्रप्रतिनिधिले महाधिवेशनस्थल छाडेका छन् । सोही कारण अब शुक्रबार बिहान मात्र मतदान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖