काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गी प्रचारप्रसारमा व्यस्त देखिएका छन्।
भृकुटीमण्डपमा उनी बिहीबार आफ्नो पक्षमा मत माग्दै प्रचारप्रसारमा व्यस्त रहेका हुन्।
खड्गी सभापति पदमा गगन थापाविरुद्ध प्रतिस्पर्धामा छन्।
निर्वाचन अन्तर्गत मतदान बिहीबार नै हुने भनिएपनि अब शुक्रबारमात्रै हुने भएको छ ।
