• Friday 9th of October 2026

आजदेखि दसैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला


  • धनकुटा खबर
  • .

काठमाडौँ । दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन लागेका छन् ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

दसैँको अग्रिम टिकट बुकिङका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖