• Thursday 8th of October 2026

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल


  • धनकुटा खबर
  • .

तुलसीपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्।

दाङको तुलसीपुर-६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए।

“सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ। कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए।

उहाँका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ। त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन्। हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन्।

प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए। रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो। यससँगै विद्यालयमा सातवटा भवन रहेका छन्। जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖