• Friday 9th of October 2026

त्रिवि उपकुलपतिमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी नेताहरू पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत कुमार बुढा र आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्कालगायत अन्य विद्यार्थी नेताहरू रहेका छन्। पक्राउ परेका उनीहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

त्रिविको सिनेट बैठकपछि विद्यार्थी नेताहरूले विश्वविद्यालय प्रशासनले स्ववियु नै हटाउने तयारी गरेको आरोप लगाउँदै उपकुलपति थापाविरुद्ध तीव्र विरोध जनाएका थिए। सोही क्रममा उपकुलपतिमाथि दुर्व्यवहार भएको घटनालाई लिएर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु उपाध्यक्ष सनम वलीका अनुसार विद्यार्थी नेताहरूलाई त्रिवि उपकुलपतिको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖