• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बिनिता खड्का पक्राउबारे गगन थापाले भने– व्यक्तिको गल्तीको भारी पार्टीले बोक्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय सदस्यकी उम्मेदवार बिनिता खड्का पक्राउ परेको विषयमा प्रतिक्रिया दिएका छन्। उनले कुनै पनि व्यक्तिले गरेको गैरकानुनी कामको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन्।

वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। यस विषयमा सभापति थापाले सानेपा पुगेर मुख खोलेका हुन्।

थापाले कांग्रेस भ्रष्टाचारप्रति शून्य सहनशीलता र कानुनी शासनको पक्षमा रहेको बताए। महाधिवेशनमा प्रतिस्पर्धा गरेकी एक नेतृ ठगीको मुद्दामा पक्राउ परेको समाचार आफूले पढेको उल्लेख गर्दै उनले कानुनविपरीत काम गर्ने व्यक्तिले त्यसको जिम्मेवारी आफैँ लिनुपर्ने धारणा राखे।

‘कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले बोक्दैन । कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैँले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖