काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (महिला) पदको मतगणनामा डा. डिला सङ्ग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच कडा प्रतिस्पर्धा देखिएको छ।
निर्वाचन समितिका अनुसार २ हजार २३१ मत गणना हुँदा डा. सङ्ग्रौलाले ९६५ मत प्राप्त गरेकी छन् भने उपाध्यायले ९५२ मत पाएकी छन्। सङ्ग्रौला उपाध्यायभन्दा १३ मतले अगाडि छिन्।
त्यस्तै, अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
महामन्त्री (महिला) पदमा एक जना मात्रै निर्वाचित हुने कांग्रेसको विधानअनुसार मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
