• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित,काे हुन् राणा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित भएका छन् । खुलातर्फको महामन्त्रीमा राणा निर्वाचित भएका हुन् ।

राणा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । अहिले १५ औँ महाधिवेशनमा एक खुट्किलो माथि उक्लिँदै महामन्त्रीको प्रतिस्पर्धामा सफल भएका हुन् ।

उनले २,३३० मत ल्याए । महामन्त्रीमा नैनसिंह महर, डा. सुनिल शर्मा, शंकर तिवारी, गुरुराज घिमिरे, अमरसिंह पुन र डा. सन्तोष उपाध्यायलाई पछि पार्दै उनी महामन्त्रीमा निर्वाचित भएका हुन् ।

राणा २०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसको युवा संस्था तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका राणा अर्थ राज्यमन्त्रीसमेत भइरहेको व्यक्ति हुन् ।

राणा ललितपुर–१ क्षेत्रबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । २०७० र २०७९ को निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएको बेलामा अर्थराज्यमन्त्री बनेका थिए ।

२७ फेब्रुअरी १९७० मा ललितपुर, नेपालमा जन्मेका राणाका बुबा सागर शमशेर राणा र आमा वृन्दा राणा हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा सेंट जेवियर्स स्कुल, जवलकहलबाट पूरा गरेका थिए।

त्यसपछि, उनले डार्जिलिङको सेंट जोसफ स्कुलमा माध्यमिक शिक्षा प्राप्त गरे र भारतको लरेन्स स्कुल, सानावरबाट उच्च माध्यमिक शिक्षा पूरा गरे ।

त्यसपछि, उनले दिल्ली विश्वविद्यालयको सेंट स्टीफन्स कलेजबाट स्नातक पास गरेपछि अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖