• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली मेट्रोमा सिटका लागि विवाद हुँदा ४८ वर्षीय पुरुषको मृत्यु, पूर्व आईएएस अधिकारी र उनका छोराविरुद्ध मुद्दा


  • धनकुटा खबर
  • .

रौतहट ।  भारतको राजधानी नयाँदिल्लीस्थित सर्वोच्च अदालत मेट्रो स्टेसनमा ज्येष्ठ नागरिकका लागि छुट्याइएको सिटलाई लिएर भएको विवादले दुःखद रूप लिएको छ। विवादका क्रममा भएको भनिएको कुटपिटपछि ४८ वर्षीय पवन शर्माको मृत्यु भएको छ।

घटना गत अक्टोबर ८ को हो। पवन आफ्नी आमा दुर्गा शर्मासँग मेट्रोमा यात्रा गरिरहेका थिए। सोही क्रममा आरक्षित सिट खाली गर्ने विषयलाई लिएर विवाद भएको बताइएको छ। सुरुमा भनाभन भएको विवाद पछि हात हालाहालमा परिणत भएको थियो।

प्रहरीमा दर्ता भएको एफआईआरअनुसार विवादका क्रममा पवनलाई जोडले थप्पड हानेर धकेलिएको आरोप छ। धकेलिँदा भुइँमा लडेका पवनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनापछि मेट्रोका कर्मचारीले उनलाई उपचारका लागि लोकनायक जयप्रकाश (एलएनजेपी) अस्पताल पुर्‍याएका थिए। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यस घटनामा प्रहरीले पूर्व आईएएस अधिकारी सञ्जय प्रताप सिंह र उनका छोरा तथा पेसाले वकिल सिद्धार्थ सिंहलाई पक्राउ गरेको बताइएको छ।

सिटका विषयमा सुरु भएको सामान्य विवादले ज्यानै जाने अवस्था निम्त्याएपछि घटनालाई लिएर चर्चा चुलिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖