• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा सार्वजनिक समाचार, श्रव्यसामग्री तथा उठेका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

छानबिन प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

त्यस्तै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖