काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार शाखा अधिकृत दीपक पौडेलको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अर्थ मन्त्रालय, विष्णु प्रसाद न्यौपानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट गृह मन्त्रालय र गणेश विक्रम बस्नेतको उद्योग विभागबाट निर्वाचन आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै नमराज वाग्लेको भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा र निशा ठाकुरको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ।


