सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर फर्किने तयारीमा रहेका साहको बुधबार बिहान कोठामै निधन भएको उनका छोरा दिलीप साहले जानकारी दिए ।
साहको पार्थिव शरीर सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिकामा ल्याउने तयारी भइरहेको छ । उनको निधनले परिवार, आफन्त तथा स्थानीयवासी शोकमा परेका छन् ।
साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले ४ हजार ६७८ मत प्राप्त गरेका थिए ।
