• Friday 23rd of October 2026

राजनीतिक भेटघाट केही छैन, कसैले खिचडी नपकाउनुहोस् : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमणलाई लिएर अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन् ।

तीर्थाटनका लागि शुक्रबार सुदूरपश्चिमको धनगढी हुँदै भारत प्रस्थान गरेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू कारागारमै हुँदा गरेको भाकल पूरा गर्न भ्रमणमा निस्किएको बताएका हुन् ।

‘राजनीतिक भेटघाट केही छैन, कसैले खिचडी नपकाउन म अनुरोध गर्न चाहन्छु’, उनले भने ।

लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । उनी कात्तिक ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖