दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकामा दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् ।
दैलेख प्रहरीका अनुसार, गाउँपालिकाको वडा नम्बर ४ मनघर भन्ने ठाउँमा १३ र १४ वर्षीया दुई बालिका एकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।
मृतक बालिकाहरू दिदी बहिनी नाता पर्छन् । मामा फुपूका छोराहरू रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायले रातोपाटीलाई बताए ।
‘गएराति एकै घरमा रहेका उनीहरू कतै निस्किएका थिए,’ उनले भने, ‘तर बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा एकसाथ मृतक भेटिएका हुन् ।’
घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।
