• Monday 26th of October 2026

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ कात्तिक । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। दसैं बिदाअघि निरन्तर सात कारोबार दिन बढेको नेप्से दसैंपछि भने घटेको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

१३ मध्ये आज चार उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते चार अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको एक करोड तीन लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको साढे २० करोड र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत ् सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ। 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖