खोटांग । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा दशैँमा ससुराली पुगेका ज्वाइँको धारिलो हतियार प्रहारबाट श्रीमती र ससुरासहित चारजना घाइते भएका छन्।
स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा धारिलो हतियार प्रहार गर्दा चारजना घाइते भएका हुन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर र एकजनाको मध्यम रहेको छ।
घाइतेहरूको दुर्छिमस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न नइन्द्रकुमारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
