• Tuesday 27th of October 2026

नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।

टेलिकमले क्रिकेट पारखी र आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यो विशेष प्याकेज सार्वजनिक गरेको हो ।

टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन् । ३० दिनको समयावधि (भ्यालिडिटी) रहेको यस प्याकेजअन्तर्गत ग्राहकले जुनसुकै नेटवर्कमा (अल-नेट) ३३३ मिनेट भ्वाइस कल गर्न सक्नेछन् भने दैनिक ८ जीबी डाटा प्रयोग गर्न पाउनेछन् ।

यो प्याकेज आज (कात्तिक १० गते) देखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट 14159# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यो प्याकेज सहजै खरिद गर्न सक्नेछन् । साथै, पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा भने यस प्याकेजको शुल्क उनीहरुको मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था मिलाइएको छ ।

एनपीएल सिजन-३ को ‘अफिसियल टेलिकम पार्टनर’ समेत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖