काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका डेविड मलान ७० रन बनाएर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए ।
उनलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका हुन् ।
मलान आउट हुँदा चितवनले १२.२ ओभरमा ३ विकेट गुमाएर ९० रन बनाएको छ । यसअघि चितवनका देव खनाल १२ र अर्जुन साउद ३ रन बनाएर आउट भएका थिए ।
