• Monday 26th of October 2026

सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई २४ महिनासम्मको सहज किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार ग्राहकहरूले अब न्यूनतम मासिक १,२२१ रुपैयाँको किस्ता तिरेर यो स्मार्टफोन खरिद गर्न सक्नेछन् । लामो समयको किस्ताबन्दी सुविधा भएकाले ग्राहकहरूलाई एकैपटक धेरै रकम खर्च नगरी सहज रूपमा नयाँ प्रविधिको फोन प्रयोग गर्न सहज हुने कम्पनीको विश्वास छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले पुरानो स्मार्टफोन साटेर नयाँ खरिद गर्दा थप ३,००० रुपैयाँसम्मको ‘एक्सचेन्ज बोनस’ समेत प्राप्त गर्न सक्नेछन् । यस सुविधाका कारण फोन किन्दा सुरुमा बुझाउनुपर्ने ‘डाउन पेमेन्ट’ शून्य प्रतिशतसम्म झर्न सक्ने बताइएको छ । चाडपर्वमा आफ्ना लागि फोन अपग्रेड गर्न वा आफन्तजनलाई उपहार दिन चाहनेहरूका लागि यो योजना निकै आकर्षक र किफायती हुने देखिन्छ ।

मूल्य तथा ईएमआई विवरण :

नेपाली बजारमा उपलब्ध ग्यालेक्सी ए–१७ फाइभ जीका विभिन्न भेरिएन्टको मूल्य र २४ महिने किस्ता विवरण यस प्रकार छ :

६ जिबी र्‍याम : १२८ जिबी स्टोरेज, ४४,९९९ (मासिक किस्ता) १,२२१ रुपैयाँ
८ जिबी र्‍याम : १२८ जिबी स्टोरेज ४८,९९९ (मासिक किस्ता) १,३३० रुपैयाँ
८ जिबी र्‍याम : २५६ जिबी स्टोरेज ५६,९९९ (मासिक किस्ता) १,५४७ रुपैयाँ

यो किस्ताबन्दी योजना र यसका सर्तहरूबारे थप जानकारी लिन इच्छुक ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक बिक्री केन्द्र तथा स्टोरहरूमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖