• Tuesday 6th of October 2026

नेपाल र जापानको खेल वर्षाले प्रभावित


  • धनकुटा खबर
  • .

काठमाडौं ।मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले प्रभावित भएको छ ।

मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो ।

खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ ।

नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए ।आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् ।

जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एक/एक विकेट लिएका छन् ।

अहिले वर्षा रोकिएको छ । ढाकिएको पिच खुला गरिएको छ । केही समयपछि खेल सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖