• Tuesday 6th of October 2026

दुई रनमै आउट भए कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गर्दैछ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको छ ।

कुशललाई हङ्कङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖