• Friday 30th of October 2026

पत्रकार शोभराज बराल अनामनगरबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले पत्रकार शोभराज बराललाई पक्राउ गरेको छ। मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई शुक्रबार अनामनगरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार सादा पोशाकमा आएका प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकै रहेको कार्यालयबाट ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै बराललाई नियन्त्रणमा लिएका हुन्।

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।

यद्यपि, उनलाई पक्राउ गर्नुको कारण प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। बराल नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ निकट मानिन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖